इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटिले जित हात पारेको छ । गएराति भएको खेलमा लिग लिडर सिटिले फुलह्यामलाई ३-० गोल जित हात परेको हो।
खेलको ४७ औं मिनेटमा जोओ कान्सेलोको पासमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफ एक गोलको अग्रता लिएको सिटिले दोश्रो हाफको ५६ औं मिनेटमा गाब्रियल जिससले सिटीको अग्रता दोब्बर बनाए।
त्यस्तै जिससको गोलको चार मिनेट नबित्दै सर्जियो अग्वेरोले पेनाल्टीमार्फत खेललाई ३-० को नतिजा दिए। अग्वेरो १३ महिनापछि पहिलो पटक गोल गरेका हुन् । अग्वेरोलाई फेब्रअरी २०२० मा चोट लागेको थियो ।
यस जितसंगै सिटिले लिगमा १७ अङ्कको अग्रता लिएको छ भने फुलह्याम २८ अंकसहित रेलिगेशन क्षेत्रबाट माथि उक्लने मौका गुमाएको छ। ३० खेल खेलेको सिटि ७१ अंक सहित लिगको शिर्ष स्थानमा छ भने म्यानचेस्टर युनाइटेड ५४ अंक सहित लिगको दोश्रो स्थानमा छ।
युनाइटेडले अहिले सम्म २८ खेल खेलेको छ । सिटिले पछिल्लो पाँच खेलमा ४ खेलमा जित हात परेको छ भने युनाइटेड संग पराजित भएको थियो । सिटीले पछिल्लो सबै आठ अवे खेलमा विजय हासिल गरेको हो जसमा सिटिले २२ गोल गरेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्