इङ्लिस प्रिमियर लिगमा चेल्सीले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।
गएराति भएको लिड्स युनाइटेडसंगको खेलमा चेल्सीले गोल रहित बराबरीमा खेलेपछि चेल्सीले लिगको तेस्रो स्थानमा उक्लिने मौका गुमेको हो ।
चेल्सीले बराबरी खेलेपनि चेल्सीका नयाँ प्रशिक्षक थोमस टुचेलको अपराजित यात्रा भने कायम नै रहेको छ । टुचेलको प्रशिक्षण मा चेल्सी १२ खेलसम्म चार खेल बराबरीमा खेलेको छ भने ६ खेलमा बिजयी हासिल गरेको छ।
बराबरीसँगै नयाँ प्रशिक्षक टुचेलको प्रशिक्षणमा चेल्सी १२ खेलसम्म अपराजित रहेको छ। प्रिमियर लिगमा चेल्सी १० खेलसम्म अपराजित रहेको छ। टुचेलको प्रशिक्षणमा चेल्सीले लिगमा चार खेल बराबरी खेलेको छ भने छ खेलमा विजय हासिल गरेको छ। पछिल्लो पाँच खेलमा चेल्सीले २ खेलमा मात्र जित हात परेको छ भने ३ खेल बराबरीमा खेलेको छ।
बराबरीसँगै २९ खेल खेलेको चेल्सी ५१ अंक सहित लिगको चौथो स्थानमा छ। लेस्टर सिटि ५३ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७
प्रतिक्रिया दिनुहोस्