हिमाल दैनिक
ला लिगा: बार्सिलोना दोश्रो स्थानमा
lionel-messi
स्पेनिस ला लिगामा बार्सिलोनाले हित हासिल गरेको छ। गाए राति भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ४-१ को गोल गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका स्टार खेलाडी लिओनल मेसीले दुई गोल गरेका थिए भने एन्टोनी ग्रिजम्यान र ओस्कार मिगुएजाले १-१ गोल गरेका थिए । हिजोको खेलको पहिलो हाफको १३ मिनेटमा नै मेस्सीले गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाए थिए । त्यस्तै ग्रिजम्यानले ३५ औं मिनेट थप एक गोल गर्दै खेलमा दोब्बर अग्रता लिए। पहिलो हाफको इन्जुरी टाइममा हुएस्काका राफा मिरले पेनाल्टी मार्फत गोल गर्दै खेल २-१ मा पुराए। पहिलो हाफमा २-१ को अग्रता लिएको बार्सिलोनाले दोश्रो हाफको ५३ औं मिनेटमा मेस्सीको मिगुएजा थप एक गोल गरे । खेलको अन्तिम समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४-१ मा पुराए । सन् २००४ मा डेब्यु गरेका मेस्सीको ला लिगामा यो ५१० खेल हो । त्यस्तै बार्सिलोनाबाट उनले ७६७ खेल खेलेका छन् । जित संगै बार्सिलोना लिगको दोश्रो स्थानमा उक्लिएको छ । २७ खेल खेले खेलेको बार्सिलोना ५९ अंक सहित लिगको दोश्रो स्थानमा छ। एट्लेटिको म्याड्रिडको ६३ अंक सहित लिगको शीर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिडको ५७ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update