इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष चारको सम्भावना कायमै राखेको छ । गएराति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गाेल अन्तरले पराजित गर्दै शिर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ।
हिजो वल्भ्सको घरेलु मैदानमा भएको खेलमा साविक बिजेता लिभरपुलका डिएगो जोटाले गरेको एक मात्र गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो। खेलको पहिलो हाफको इन्जुरी टाइममा साडियो मानेको पासमा वल्भ्सका पूर्वखेलाडी जोटाले गोल गरेका थिए ।
कठिन जित हात परेको लिभरपुल तीन अंक बटुल्दै छैटौं स्थानमा उक्लेको छ । अंकतालिकामा २९ खेल खेल खेलेको लिभरपुल ४६ अंक जोड्दै शिर्ष चारमा पर्ने सम्भावना कायम राखेको छ। एभरटन समान अंक भए पनि गोलको आधारमा लिभरपुल ६ औं स्थानमा रहेको हो। त्यस्तै वुल्भ्सको ३५ अङ्क सहित लिगको १३ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्