म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गए राति अन्तिम १६ को खेलमा इंग्लिस क्लब सिटीले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखलाई समग्रमा ४-० गोलले पराजित गर्दै क्वार्टरफाइनल प्रबेस गरेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीका तर्फबाट केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एक–एक गोल गरेएका थिए।
खेल सुरु भएको १२ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । १८ औं मिनेटमा गुन्डोगानले थप एक गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोलको अग्रता पछि दोश्रो हाफमा कुनै गोल नभएपछि सिटीले २–० को सहज जित हात पर्यो ।
यस अघि पहिलो लेगमा २-० ले नै विजयी भएको थियो।
त्यस्तै हिजै भएको खेलमा रियल मड्रिडले एटलान्टलाई समग्रमा ४–१ को नतिजा निकाल्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्