शहीद स्मारक ‘सी’ डिभिजन लिगमा समाज कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई पराजित गरेको छ। बिहिबार ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई ३–० को गोल अन्तरले पराजित गरेको हो ।
आजको खेलमा ३९ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता बनाएको थियो । ८५औं मिनेटमा सरद राइले दोस्रो गोल गरे । इन्जुरी समयमा राकेश विश्वकर्माले तेस्रो गोल गरे । जितसँगै समाज कल्याण ६ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । समाज कल्याणले दुई खेलमध्ये दुवैमा विजयी भएको छ ।
खालीबारीको भने यो पहिलो हार हो । खालिबारी लिगका दुईमध्ये एकमा विजयी हुँदा एकमा पराजित भएको छ । खालीबारी ३ अंकसहित लिगको सातौँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय