भारतले चौथो टि-२० खेलमा इंगल्याण्डलाई ८ रनले पराजित गरेको छ। बिहिबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस हरेर ब्याटिंगका लागि क्रिजमा उत्रिएको भारतले २० ओभरमा ८ विकेटको नोक्सानीमा १८५ रन बनाएको थियो।
त्यसको जबाफमा इंगल्याण्डले २० ओभरमा ८ विकेटको नोक्सानीमा १७७ रन मात्र बनाएको थियो । इंगल्याण्डले अन्तिम दुई ओभरमा ३३ रन बनाएको थियो।
यस जितसंगै ५ खेलको सिरिजमा भारतले २-२ को बराबरी बनाएको छ ।
भारतको तर्फबाट सुर्य कुमार यादवले सबैभन्दा बढी रन बनेका थिए । उनले हिजो ५७ रन बनेका थिए भने शार्दुल ठाकुरले ३ विकेट लिएका थिए । त्यस्तै हार्दिक पंड्या र राहुल चाहरले २-२ विकेट लिएका थिए भने भुवनेश्वर कुमारले १ विकेट लिएका थिए ।
भारतले करिब २ बर्षदेखि लगातार २ टि-२० खेल हारेको छैन । सन् २०१९ को फरवरीमा अष्ट्रेलियाले भारतले लगातार २ खेलमा परत्जी गरेको थियो । अब सिरिजको अन्तिम र निर्णायक खेल २० मार्चमा खेलिने छ ।
प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्