काठमाडौं । शिर्ष वरियताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको चौथो चरणको खेलमा रुसका करेन खाच्नोभलाई पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् ।
विश्व नम्बर एक जोकोभिचले करेनमाथि ६–४, ६–३ र ६–३ को जित निकाले । दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिच १४ औं पटक प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् ।
उता, बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई ६–३, ७–६ र ६–२ ले हराउँदै पाँचौं वरीयताका ग्रिक खेलाडी स्टेफानोस सित्सिपास पनि क्वाटरफाइनलमा पुगेका छन् ।
महिलातर्फ रुसकी पेट्रा कितोभा, अमेरिकाकी सोफिया केनिन र जर्मनीकी लौरा सिगेमण्ड क्वाटरफाईनलमा उक्लेका छन् ।एजेन्सी
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय