अनलाईन खेल (ई–गेमिङ्ग) को दुनियामा नयाँ आयाम थपिएको छ । ई–गेमिङ्ग मध्येकै एक पब्जीका खेलाडीहरु पनि अव संस्थासंग आवद्धता हुँदै ब्यावसायिक रुपमा अगाडी बढ्ने भएका छन् । राजधानीमा आज पब्जीका खेलाडीहरुलाई आफ्नो संस्थामा आवद्धता गर्दै “द रियल सोल्जर्स” (डिआरएस) ले ई–गेमिङ्गमा नयाँ आयाम थपेको हो ।
बिहिबार डिआरएसका प्रमुख कार्यकारी अधिकृत भिक्टर पौडेल र खेलाडीहरुले रोयल सिंघी होटलमा सम्झौता पत्रमा हस्ताक्षर गरे । अव डिआरएस संग आवद्ध खेलाडीहरुले एक बर्षका लागि मासिक तलब र भत्ता प्राप्त गर्ने छन् । साथै बुटक्याम्पका दौरान सम्पूर्ण खर्च डिआरएसले ब्यहोर्ने भएको छ ।
कति रकममा सम्झौता गरिएको भन्ने प्रश्नको जवाफमा कार्यकारी अधिकृत भिक्टरले सम्झौतामा रकमका बारेमा नखुलाउने बुँदा राखिएकोले त्यसका बारेमा बोल्न नमिल्ने बताए । उनले सर्वसाधारण खेलाडीहरुले प्राप्त गर्ने रकम प्राप्त गर्ने समेत बताए ।
नेपालमा पब्जी र ई–गेमिङ्गलाई ब्यावसाधिक बनाउनु पर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै नयाँ आयाममा पाईला चालेको प्रस बिज्ञप्तीमा जनाईको छ ।
डिआरएसले आफ्नो टिममा युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ्ग (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एमआराबोरो) लाई आवद्धता गरेको हो । टोली ब्यवस्थापकमा संगिन भट्टराई रहेका छन् । आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकहरुबाट समेत प्रशिक्षण गराईने बिज्ञप्तीमा जनाईको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय