संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा बिभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु गरेको छ।
समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत निर्मल कुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
सरकारद्वारा प्रस्तावित उक्त देशका राजदूतहरुको सुनुवाईका लागि १० दिनेभित्र उजुरी दिन आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिले प्रस्तावित राजदुतहरुलाई १० दिनसम्म उजुरी आह्वानका लागि म्याद दिने संवैधानिक व्यवस्था छ। त्यसपछि सो उजुरीमाथि छानवीन गरी प्रस्तावित राजदुतहरुको सुनुवाई हुनेछ। समितिले राजदूतमा प्रस्तावितहरुको नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अतिविश्वासी पात्र खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुनः दोहोर्याएर अर्थमन्त्री बनाइराख्ने ओलीको योजनामा नेता बामदेव गौतम बाधक बनेपछि उनलाई अमेरिकाको राजदूतमा सिफारिस गरिएको हो।
यसैगरी पूर्व मूख्यसचिव रेग्मीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वका सरकारले ०७४ साल माघमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको उमेर ७० वर्षबाट घटाएर ६५ वर्ष तथा विभिन्न पाँच वटा गम्भीर प्रकृतिका रोगीहरुको जीवनयापन सहज बनाउन आर्थिक सहयोग उपलब्ध गराउने मन्त्रिपरिषदको निर्णय ओली प्रधानमन्त्री बनेपछि हटाएर कुनै निर्णय नभएको भन्नेदेखि ओलीको खाँतिरदारीमा समय गुजारेका थिए।
खतिवडासहित तीन जना राजदूतको नाम सिफारिस गर्दा पार्टीभित्र सल्लाह नभएको भन्दै नेकपाका नेताहरु सरकारसँग रुष्ट बनेका छन्।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय