हिमाल दैनिक
संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको कात्तिक २७ गते संसदीय सुुनुुवाइ हुने भएको छ । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठकमा प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता उपस्थीत नभएपछि तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुुनुवाइ कात्तिक २७ गते बिहीबार गर्ने निर्णय गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुुरीकर्तालाई बोलाएको थियो । सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिश गरी संसदीय सुुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन् । समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो । समितिबाट प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update