हिमाल दैनिक
संसदीय समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन र सोको जानकारी समितिलाई गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति बिमल श्रीवास्तावले उखु किसानको भुक्तानीको समस्याप्रति गम्भीर भएर भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको जानकारी दिए । त्यस्तै बैठकले श्रमिकले पाउने तलव सुविधा लगाएतका अवस्थाका बिषयमा स्थलगत छानविन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको नै फोन आएको गुनासो गरे । उखु किसानको हितमा आफुले निरन्तर काम गरेको र अव पनि गर्ने भन्दै कसैको फोनको भरमा पछि नहट्ने तर्क गरे । उनले उखु किसानहरुको वक्तौता उद्योगीले तिर्नुपर्ने भन्दै यसका लागि सरकार जस्तो सुकै कठोर नीति लिन पनि तयार रहेको बताए । छलफलका क्रममा चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले उद्योगीहरु किसानको रकम भुक्तान गर्न तयार रहेका बताए । उनले भारतीय चिनी नेपाल भित्राउदा आफुहरु घाटामा गएकै कारण भुक्तानीमा ढिलाई भएको तर्क गरे । सरकारले स्थानीय उद्योगीहरुको चिनी बिक्रि गर्ने वातावरण सरकारले बनाइदिनुपर्ने उनको भनाई छ । बैठकमा सांसदहरुले चिनी मिल सञ्चालकहरुले नियतवस नै किसानहरुको रकम भुक्तान नगरेको आरोप लगाएका थिए । किसानको रकम भुक्तान गराउन सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाई छ । लामो समयदेखि आफुहरुले रकम नपाएको भन्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् तर सर्लाहीका चिनी मिल सञ्चालहरुले काठमाडौंको माइतिघरमा धर्नामा बसेकाहरु उखु किसान नभएर बिचौलिया मात्र भएको आरोप लगाउदै आएका छन् ।

रकम भूक्तानी नभएसम्म आन्दोलन जारी राख्छौ: उखु किसान

काठमाडौं केन्द्रीय आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानहरुले आफुहरुको रकम भूक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका छन् । वार्ताका लागि सरकारले पठाएको पत्रको बिहीबार लिखित जवाफ दिदै सर्लाही उखु किसान संघर्ष समितिले उद्योग मन्त्रालयले उद्योगीहरुबाट आफुहरुको भुक्तानी नदिलाएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका हुन् ।

थप पढ्नुहोस

प्रकाशित मिति: बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update