हिमाल दैनिक
संसद विघटनबाट मर्माहत भएका सभामुख तीन दिनपछि बल्ल ब्युँझिएर वक्तव्य जारी गरे
agni-sapkota
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादको चपेटामा मृत्युदण्ड पाएसरी प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गराएको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले विघटन भएको तीन दिनपछि बल्ल वक्तव्य जारी गरेर आफू मर्माहत भएको बताएका छन्। नेपकाभित्रको अन्तरिक द्वन्द्धको आक्रोस संसद र संविधानसँगै देश र जनतामाथि पोख्दै प्रधानमन्त्री ओलीले पुस ५ गते आइतबार एकाएक प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेको तीन दिनपछि बुधबार मात्रै सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दे अप्रत्यासित रुपमा भएको घटनाले संसदसँगै आफूलाई मर्माहत बनाएको बताएका हुन्। उनले नेपालको संविधानको धारा ९३ (१) बमोजिम पुस १७ गतेभित्र संघीय संसदको सातौं अधिवेशन सुरु गर्न गृहकार्य भइरहेको उल्लेख गर्दै अप्रत्यासित रुपमा प्रतिनिधि सभामाथि अवरोध सृजना गरिएकोमा सिंगो प्रतिनिधि सभा र मलाई मर्माहत बनाएको बताएका छन्। प्रधानमन्त्रीमा संसद विघटनको अधिकार नरहेको प्रसंगमा सभामुख सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको भन्दै यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको बताएका छन्। ‘विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ,’ प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको घोषणाको विरोध गर्दै सभामुख सापकोटले भनेका छन्। सात दशकयताका बिभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार भएको बताउँदै उलने संविधानको रक्षार्थ पुनः एकपटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको पनि बताएका छन्। साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको उनले बताएका छन्। आफूखुशी राज्यको विभिन्न संवैधानिक निकायमा पदपूर्तिका लागि संवैधानिक परिषद ऐन सम्बन्धी ऐन संशोधन गर्दै अध्यादेश जारी गरेका ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा अनुपस्थित रहेका सभामुख सापकोटासँग प्रधानमन्त्री ओली सभामुखसँग पनि रुष्ट बनेका थिए।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update