हिमाल दैनिक
प्रतिनिधि सभाको हठात विघटन गरेर राजनीतिक र संवैधानिक विवाद निम्त्याएको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन गरेको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १७ गते बैठक आह्वान गरेकी छिन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा आधारमा संसद सचिवालयका महासचिवले जारी गरेको सार्वजनिक सूचना अनुसार, राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा शुक्रबार अपराह्न ४ बजे बैठक बैठक बोलाइएको बताएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुबीचको शक्ति संघर्षको चपेटामा परेको प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विधटनको सिफारिस गर्दै वैशाखमा मध्यावधि निर्वाचनको घोषणा गराएपछि नेकपा विभाजित भएको छ। पार्टी विभाजनको प्रक्रियाले औपचारिकता लिन बाँकी नै रहेपनि नेकपाका दुई खेमा एकाआपसमा वैधानिकताको प्रश्न लिएर एकअर्काप्रति सत्रुतापूर्ण गतिविधिलाई तिब्रता दिँदै गइरहेका बेला अत्याधिक संख्यामा उपस्थिति रहेको राष्ट्रिय सभाको अधिवेशन थप विवाद र द्वन्द्धको अखडा बन्न सक्ने सम्भावना बढेको छ।
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update