हिमाल दैनिक
राजनीतिक स्वार्थ र आफ्नै किचलोले प्रतिनिधि सभा गयोः नेता शर्मा
dinath-sharma
विभाजित नेकपाका नेता दिननाथ शर्माले संसद विघटन विपक्षीकाे कारणा नभइ नेकपाभित्रैकाे राजनीतिक किचलाेबाट विघटन भएकाे बताए। राष्ट्रिय सभाकाे साताै अधिवेशनकाे पहिलाे दिन शुभकामना दिन क्रममा उनले सातौँ अधिवेशन तोकेकोमा सरकारलाई र राष्ट्रपतिले अधिवेशन संचालनको अनुमति दिएको धन्यवाद दिए। प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन अत्यन्त महत्वपूर्ण भएको बताए। वामदेव गौतमकलाई राष्ट्रपतिले मनोनयन गरेको प्रसंगमा उनको उपस्थितिले सदनको गरिमा बढाएको भन्दै संविधान र निर्वाचन कानून विपरित भएको मनोनयनप्रति व्यंग्य गरे। उनले हाम्रो पार्टी विभाजनको संघारमा छ, यद्यपि औपचारिक घोषणा नभएपनि विभाजित भएको छ भने प्रतिनिधि सभा विघटन भएको यस घडिमा हामी सभामा उपस्थित भएका छौँ। मेरो राजनीतिक जीवनको ५५÷५६ वर्षको इतिहासमा पार्टी एकता भएर नेकपा बन्दा म मात्र होयन नेपाली जनता पनि खुशी थिए। जनता खुशी भएकै कारण निर्वाचनमा जनमत प्राप्त भएको थियो। तर, आज मेरो मुटु चिरिएको छ, यहाँ सबै सदस्यको मुटु चिरिएको छ। विभाजनको घटना विगतमा भएपनि अहिले अझै पनि विभाजन टार्न कुनै रसायन भए त्यसतर्फ हामी प्रयासरत रहौँ। वामदेव गौतमले रसायनको प्रयास गर्ने भनेअनुसार सफल होस् भन्ने कामना गर्दछु। विभाजन कुनै सिद्धान्त, विचार वा दर्शनको आधारमा हुन गइरहेको छैन, केबल राजनीतिक कारणमा मात्रै हो। हिँजो सामान्य स्वार्थ होइन दर्शन र विचार, सिद्धान्तका कारण विभाजित भएका थियौँ तर, यसपटकको विभाजन राजनीतिक कारणले मात्रै भएको छ। राजनीति देश र जनताको स्वार्थका लागि गरिन्छ भने त्यो सही हो तर, राष्ट्र निर्माण नभई राजनीतिक खिचातानीका लागि मात्रै गरिन्छ त्यहाँ लोकतन्त्र कमजोर हुन्छ। जुन ठाउँमा दलहरु कमजोर र विखण्डित हुन्छन् त्यहाँ लोकतन्त्र कमजोर हुन्छ। कांग्रेसका साथीहरुलाई आन्तरिक लोकतन्त्र कमजोर छ त्यता नजान सुझाव दिन्थे आज आफैँ विभाजनको अवस्थामा आएको छु। एकता टुट्यो भने प्रणालीमा समस्या आउँन सक्छ भन्ने सुझाव प्रतिपक्षीबाट पनि पाउँथ्यौँ। यसका बाबजूद यो पार्टी र कार्यकर्ताको भावना यहाँ राखेको छु। जनताबाट निर्वाचित जनप्रतिनिधि संस्था प्रतिनिधि सभा सहिद हुन पुग्यो। त्यो सुखद क्षण होइन। किन विघटन हुनु पर्यो, उचित हो वा होइन भन्ने बहसको विषय बनिरहेको छ। तर, जे भयो त्यो राम्रो भएको छैन। आज हामी बहुमतको दल प्रतिपक्षीको अर्घेल्याइका कारण विघटनमा गएको होइन हाम्रै आफ्नै आन्तरिक किचलोका कारण विघटन हुनु दुःखको विषय हो। राष्ट्रिय राजनीतिका बाच्छिटाहरु यस सदनमा पनि पर्न सक्छन्। राष्ट्रिय सभाको आफ्नै मर्यादा छ। आज मिठोे नलागेपनि हाम्रा मन र मानसिकता विभाजित भएको छ। विभाजित मानसिकताबाट व्यक्त विचार पनि भद्र र शिष्ट रुपमा आउनेछन्। प्रतिनिधि सभा नभएको अवस्थामा राष्ट्रिय सभाले सरकारलाई सघाउने, उसलाई खबरदारी र निगरानी गर्ने तथा जनचासोका विषयहरु प्रकट गर्छ। प्रतिनिधि सभा नभएको अवस्थामा जनताका कुरा यही थलोमा उठाउने छौँ। यसको महत्व र गरिमालाई अगाडि बढाउने छौँ। उनले उखु किसानको आन्दोलनमा आउने क्रममा नारायणराय यादवको निधनप्रति दुःख व्यक्त गरे। जसरी हिँजोका दिनहरुमा जस्तै यो सदन मर्यादित र संयमित भएर आफ्नो गरिमा उचो बनाउने काममा सबैको सहयोग हुनेछ। (विभाजित नेकपा संसदीय दलका नेता दिननाथ शर्माले राष्ट्रिय सभामा व्यक्त गरेको विचार)  
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update