हिमाल दैनिक
सर्वोच्चले संविधान संशोधन गर्ने फैसला गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ: सांसद श्रेष्ठ
narayan-kaji-shrestha-nekapa-rashtriya-sabha
नेकपा प्रचण्ड–नेपाल पक्षका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पदको रक्षाको लागि संविधानमाथि धावा बोल्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । शुक्रबारको राष्ट्रियसभा बैठकमा श्रेष्ठले आफ्नो पद नै खतरामा परेको देखेर प्रधानमन्त्रीले संविधान बिपरित संसद बिघटन गरेर चूनावमा जाने निर्णय गरेको आरोप लगाए। उनले अस्थिर सरकारबाट आजित भएर प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार सर्वदलीय सहमतिबाटै खोसिएको भन्दै त्यसबारे सवै जानकार रहेको तर्क गरे । संविधानको धारा ७६ मा रहेको व्यवस्थाबारे चर्चा गर्दै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने संविधानले त्यस्तो विशेषाधिकार नदिएको उनले बताए । सरकार बन्ने विकल्प नभएको अवस्थामा प्रतिनिधि सभा विघटनको व्यवस्था रहेको उनको भनाई छ । श्रेष्ठले प्रतिनिधि सभा भंग गर्ने प्रधानमन्त्रीको निर्णयलाई सर्वोच्च अदालतले अनुमोदन गरे प्रतिगमनको यात्रा सुरु हुने उल्लेख गरे।
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update