प्रतिनिधिसभाका सांसदहरुले संसद नचलेको बेलाको पनि तलब पाउने भएका छन् । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्ने कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभाको पुनस्थापना गर्न आदेश दिएसंगै अब सांसदहरुले पुस देखि फाल्गुन महिनाको तलब एकमुष्ट पाउने भएका हुन् ।
मासिक ५५ हजार २ सय ३० रुपैयाँ तलब पाउने सांसद हरुले पौष ५ गते संसद विगठन भएपछि पौष महिनाको ५ दिनको मात्र तलब पाएका थिए। अब सांसदहरु पौष ६ गते देखि फाल्गुन महिनासम्म एक मुष्ट प्राप्त गर्ने छन् । प्रतिनिधि सभाका सांसदहरुले तलब न पाएको अवस्थामा राष्ट्रिय सभाका सदस्यहरुले नियमित रुपमा तलब पाएका थिए।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय