नेकपाको दलको विवाद टुंगो नलागेका कारण संसदको पहिलो बैठक नै औपचारिकतामा मात्र सिमित रहने भएको छ। फागुन ११ गते सर्वाच्च अदालतले प्रतिनिधि सभाको विगठनको निर्णय बदर गर्दै संविधान अनुसार ६ महिना भित्र बैठक बोलाउनु पर्ने प्रावधानलाई टेकेर संसद बोलाउन दिएको आदेश बमोजिम आज बस्न लागेको बैठक औपचारिकतामा मात्र सिमित रहने भएको हो।
सभामुखले बैठकको आह्वान सम्बन्धि राष्ट्रपति कार्यालय बाट प्राप्त पत्र पढेर सुनाउने र यस अघि संसद भएको बेलामा सरकारले जारी गरेको अध्यादेशहरु सदन समक्ष पेस गर्ने र यो बीचमा निधन भएका सांसद र पूर्व सांसदहरुको निधन प्रति शोक प्रस्ताब पारित गरेर आजको बैठक सम्पन्न गर्ने तयारी संसद सचिवालयले गरेको छ।
आजै मात्रै दाहाल-नेपाल पक्षका नेकपाका शिर्ष नेताहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर पार्टीभित्रको विवाद तुंगी नलागेका कारण अन्य कार्यसूचीमा प्रवेश नगर्न सुझाब दिएको संसद सचिवालयले जनाएको छ।
विगतमा सामान्यतया संसद सुरु भएपछि सोहि दिन प्रमुख राजीनितिक दलका नेताहरुले बिशेष समय लिएर सदनको कारबाहीको सफलताको शुभकामना आदानप्रदान गर्ने प्रचलन थियो। तर, यसपटक भने नेकपा राजीनितिक रुपमा विभाजित भएपनि कानुनी र संवैधानिक विभाजन हुन नसकेको नेकपाको विवादका कारण शुभकामना आदानप्रदान कार्यक्रम कार्यसूचीमा रखिएको छैन।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय