प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद सत्तापक्षकै सिटमा नै बस्ने भएका छन् । नेकपाको बिभाजन औपचारिक रुपमा नै नभएको भन्दै संसद सचिवालयले नेकपाका सवै सांसदहरुलाई सत्तापक्षकै सिटमा राख्ने व्यवस्था मिलाएको हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आफ्नो अनुकुलताका आधारमा नेकपा सांसदहरु तोकिएको स्थानमा बस्न सक्ने जानकारी दिए ।
त्यस्तै उनले नेकपाको दुवै पक्षबाट सचेतकको पत्र पठाएकाले पत्रका आधारमा हालका लागि दुवै पक्षका सचेतकलाई सेवा उपलव्ध गराइएको बताए ।
त्यस्तै उनले संसद बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्