आफगानिस्तानको राजधानी कबुलमा सोमबार ठुलो आतंकवादी हमला भएको छ। कबुलको एक बिश्वबिद्यालयमा भएको बुक-फेयरमा ३ बन्दुकधारीले बिद्यार्थीमाथि अन्धाधुन्ध गोलि चलाएका हुन् । अन्तराष्ट्रिय संचार मध्यमका अनुसार यस हमलामा अहिलेसम्म २० बिद्यार्थीको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। अफगानिस्तान गृह मन्त्रालयका प्रबक्ताका अनुसार उक्त आतंकवादीलाई सुरक्षा बलले मारेको छन् ।
https://twitter.com/madinaazizi/status/1323236156809629697?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1323236156809629697%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Fwww.bhaskar.com%2Fsports%2Fcricket%2Fipl-2020%2Fnews%2Fdc-vs-rcb-ipl-2020-live-score-latest-news-updates-127874531.html
संचारमाध्यमका अनुसार कबुल बिश्वबिद्यालयको उत्तर गेटमा बिष्फोट भएपछि आतंककारीले गोलि चलेका हुन् । सामाजिक संजालमा भाइरल भएको त्यहाँको भिडियोमा बिश्व बिद्यालय परिसरमा उपस्थित बिद्यार्थीहरु आफ्नो ज्यान जोगाउन भागेका छन् । सुरक्षा कर्मीहरुले भित्र फसेका छात्राहरु उदार गरिराखेको बताइएको छ । यस हमलाको अहिले सम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन। तालिबानले यस हमला आफ्नो संग्लग्नता नरहेको बताएको छ।
एजेन्सीको सहयोगमा।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय