अष्ट्रीयाको राजधानी बियनामा मंगलबार बिहान आतंकवादी हमला भएको छ। अन्तराष्ट्रिय संचार मध्यमका अनुसार उक्त हमलामा ७ जनाको मृत्यु भईसकेको छ भने धेरै घाइते भएका छन् । घाइतेलाई अस्पताल लाने कार्य भईराखेको छ।
https://twitter.com/i/status/1323374557298741248
बियनामा अलग-अलग ६ ठाउँमा गोलिबारी भएको थियो । कैयौ स्थानमा आतंकवादीहरुले सर्वसाधारणलाई बन्दक बनाएका छन् । अष्ट्रीयाका गृहमन्त्री कार्ल नेहमारका अनुसार हमला कसले गरेको भन्ने कुरा पुष्टि भएको छैन।
अष्ट्रीयाको सरकारी न्युज एजेन्सी ओआरएफका अनुसार केहि स्थानमा अहिले पनि गोलिबारी जारी छ । पुलिसले आफ्नो ट्वीटर एकाउन्ट मार्फत सबै सर्वसाधारणलाई सार्वजनिक स्थानमा नजान आग्रह गरेको छ। पुलिसका प्रवक्ताले यस गोलिबारीमा एक सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिए।
एजेन्सीको सहयोगमा
https://twitter.com/i/status/1323422350143037440
https://twitter.com/i/status/1323349695775731712
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय