अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना सुरु भईसकेको छ। न्युयोर्क टाइम्सका अनुसार, पछिल्लो मतगणनामा ट्रम्पले १३१ र बाइडेनले ९२ मत प्राप्त गरेका छन्।
फ्लोरिडामा ट्रम्प बाइडेनभन्दा अघि रहेको टाइम्सले बताएको छ । यो स्विंग स्टेटमा जसले बाजी हात पर्यो त्यो नै वाइट हाउसमा जाने गरेको १०० बर्षको इतिहास छ । यहाँ अहिलेसम्म ८० % मतगणना भई सकेको छ जसमा ५०% पपुलर भोट ट्रम्पले पाएका छन्। यो पछिल्लो निर्वाचन भन बढी मत ट्रम्पले पाएका हुन्। त्यस्तै बाइडेन आयोवामा अघि छन्।
सन् २०१६ मा भोट नहालेको वा तेस्रो पार्टीलाई भोट हालेकाहरुले यसपालीको निर्वाचनमा बाइडेनलाई दिएको टाइम्सको दाबी छ । टाइम्सले पछिल्लो आधा घन्टामा ट्रम्पले ६ इलेक्टोरल सीटमा कब्जा गरेको जनाएको छ। वाइटहाउसअघि सबै सवारीहरुलाई रोक लागिएको छ । युएस टुडेका अनुसार वाइट हाउस नजिक नेसनल गार्डले सुरक्षा दिईराखेका छन्।
बाइडेन केटुकीमा ५२.३% वोट हासिल गरेका छन् भने ट्रम्पले ४५.३% पाएका छन्।
सिएनएनका अनुसार, इंडियानामा ट्रम्प जीतको नजिक पुगेका छन् । यहाँ कुल ११ इलेक्टोरल वोट रहेको थियो । सन् २०१६ को निर्वाचनमा ट्रम्पले जीत हासिल गरेका थिए।
हिंसाको आशंकामा अमेरिकाको अन्तरिक सुरक्षा बल युएस नेसनल गरलाई एलर्ट मोडमा तयनाथ गरिएको छ। १८ राज्यमा चुनावी हिंसा, झडप हुने आशंका करिब ४७०० गार्डलाई तयारी अवस्था राखेको छ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय