हिमाल दैनिक
रिपब्लिक एडिटर अर्नब गोस्वामी पक्राउ
arnab-goswami
भारतीय रिपब्लिक टिभीका एडिटर इन चिफ अर्नव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ। सन् २०१८ मा आमा र छोरालाई आत्मा हत्या गर्न उक्साएको आरोपमा बुधबार मुम्बई पुलिसले अर्नवलाई घरबाट पक्राउ गरेको हो। यता रिपब्लिक टिभी अर्नव र उनको छोरामाथि हातपात गरेको भनेर प्रशारण गरेको छ। रिपब्लिकले अर्नवलाई पक्राउ गरेको लाइभ फुटेज देखाईराखेको छ। उक्त भिडियोमा पुलिस र अर्नवबीच झडपको दृश्य देखाएको छ। अर्नव र उनको टिभीले बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा सधै महराष्ट्र सरकार र मुम्बई पुलिसको कारबाही प्रति प्रश्न उठाउदै आइराखेका थिए। उनले बेलाबखतमा महाराष्ट्रका मुख्यमन्त्री उद्धब ठाक्रे र मुम्बई पुलिसप्रति आफ्नो शो 'पुछ्ता हे भारत' मार्फत निकै प्रहार गरिराखेका थिए । २०१८ मा ५३ सालका एक इटीरियर डिजाइनर अन्वय नाइक र उनकी आमाले आत्मा हत्या गरेका थिए। । नाइक संग भेटिएको सुसाइड नोटमा अर्नव सहित अन्य दुईका कारण मृत्यु भएको उल्लेख गरेको भारतीय संचार मध्यमले जनाएको छ । अर्नवले नाइकको । ५ करोड ४० लाख भुक्तानी नगरेको र त्यही कारणले नोटमा उल्लेख छ। यस अघि उनिमाथि पैसा तिरेर टिआरपी किनेको पनि आरोप थियो । त्यस क्रममा पनि उनि माथि पुलिसले अनुसन्धान गरेको थियो। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update