अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले अहिलेसम्म २५३ र डोनाल्ड ट्रम्पले २१४ मत हासिल गरेका छन्। निर्वाचनमा बहुमत ल्याउन एक उम्मेदवारले २७० इलेक्टोरल भोट हासिल गर्नुपर्ने हुन्छ। अहिलेसम्म दुबै उम्म्मेदवारहरुले उक्त मत हासिल गरेका छैनन्।
बाइडेनले मिशिगन र विस्कॉन्सिनमा जीत हासिल गरिसकेका छन् । नेवादासमेत केहि राज्यहरुमा डेमोक्रेट्स र रिपब्लिकन्सबीच तनावको स्थिति देखिएको छ । यहाँ ६ इलेक्टोरल भोट रहेको छ र यहाँ दुबै प्रतिद्वन्दीबीच कडा प्रतिष्पर्धा भईराखेको छ । अमेरिकामा कयौ राज्यहरुमा नेसनल गार्डसलाई परिचालन गरिएको छ ।
टाइम्सका अनुसार मिशिनगपछि अब जर्जियामा पनि रिपब्लिकन पार्टीले अदालत जाने बताएको छ । मतगणनामा ५३ एब्सेण्टि भोट गैरकानुनी भएको पार्टीको आरोप छ ।
स्विग स्टेट फ्लोरिडामा ट्रम्पको जीत
यसपटक २९ इलेक्टर्स भएको स्विग स्टेट फ्लोरिडामा ट्रम्पले जीत हासिल गरेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा स्विग स्टेटमा जित हासिल गर्ने नै वाइट हाउसमा गएको १०० बर्षको इतिहास छ। एनबिसीका एग्जिट पोलका अनुसार फ्लोरिडामा ल्याटिन अमेरिकी मतदाताले ट्रम्पलाई साथ दिएका छन् । क्यूबा मूलको ५५%, प्यूर्टोरिकोको ३०% र ४८% अन्य ल्याटिन अमेरिकी मूलले यस पटक ट्रम्पलाई साथ दिएका छन्। यसै कै कारण ट्रम्प ले यहाँ ५१.६% भोट प्राप्त गरेका हुन्।
७२ बर्षपछि एरिजोनामा डेमोक्रेट्स
सीएनएनका अनुसार, यसपटक रिपब्लिकन्सको गढ रहेको एरिजोनामा डेमोक्रेट्सले आफ्नो झण्डा गाडेको छ । यहाँ बाइडेन अग्रता हासिल गरि सकेका छन्। ल्याटिनहरुको बाइडेनलाई साथका कारण एरिजोनामा डेमोक्रेट्सले अग्रता लिएको हो । ट्रम्पले उनिहरुलाई घुसपैठिया भनेका थिए भने बाइडेनले उनि हरुलाई उनीहरुलाई समर्थन गरेका थिए। जसका कारण ७२ बर्ष देखि रिपब्लिकन्सको गढ रहेको एरिजोनामा डेमोक्रेट्सले अग्रता लिए। सन् २०१६ को निर्वाचनमा ट्रम्पले यहाँ ३% भोट हासिल गरेका थिए।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय