अमेरिकामा राष्ट्रपति कसले जित्छ ? जो बाइडेन वा डोनाल्ड ट्रम्प। यसको जबाफ संभवत: आज बेलुकासम्म थाहा हुनेछ। अहिलेको लागि राष्ट्रपतिको दौडमा बाइडेन अघि देखिएका छन् ।
न्युयोर्क टाइम्सका अन्सुअर बाइडेनले अहिले सम्म २५३ इलेक्टोरल भोट जिती सकेका छन् भने ट्रम्प बाइडेनभन्दा ३९ भोट पछि छन्। बाइडेनले डेमोक्रेट्स पार्टीका बराक ओबामाको १२ बर्ष पुरानो रेकर्ड तोडेका छन्। बिहिबार बिहानसम्म बाइडेनले ७ करोड १० लाख पपुलर भोट हासिल गरि सकेका छन्। सन् २००८ मा भएको राष्ट्रपति चुनाबमा ओबामालाई ६ करोड ९४ लाख ९८ हजार ५१६ भोट पाएका थिए।
निर्वाचनमा बहुमत ल्याउन एक उम्मेदवारले २७० इलेक्टोरल भोट हासिल गर्नुपर्ने हुन्छ। उक्त अंक ल्याउन १७ इलेक्टोरल भोट पछि छन् भने ट्रम्पले ५३ भोट ल्याउनु पर्ने छन् । अहिले ४ राज्यमा मत गणना जारी छ । यदी ट्रम्पले ३ राज्यमा जित हासिल गर्न सके उनि पूर्ण राष्ट्रपति बन्ने सम्भावना छ । पछिल्लो समय सबै भन्दा बढी हेरिएको राज्य पेन्सिलवेनिया हो। यदी बाइडेन पेन्सिलवेनियामा जित हासिल गर्न सके उनीले सोतः बहुमत हासिल गर्नेछन । यदी पेन्सिलवेनियामा ट्रम्पले जिते भने बाइडेनले आफ्नो गढ नेवादा, जॉर्जिया र नॉर्थ कैरोलिना मार्फत वाइट हाउस पुग्न सक्ने सम्भावना छ। तर, नेवादा बाहेक अन्य राज्यमा ट्रम्पको व्यापक समर्थन छ ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय