हिमाल दैनिक
किन पटक-पटक सुप्रिम कोर्टको धम्कि दिईराखेका छन् डोनाल्ड ट्रम्प?
donald trump
अमेरिका राष्ट्रपति चुनाबको मतगणना जारी छ।  पछिल्लो मतगणनाको नातिका अनुसार अहिले डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन अघि छन् । मतगणना हुँदै गर्दा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचननै जितेको दाबी गरिसकेका छन् । त्यस्तै ट्रम्पले मतगणनामा धाधली गरेको आरोप लागेका छन्।  मतगणना रोक्न ट्रम्प मिशिनगन र जॉर्जियाको तल्लो अदालतमा मुद्दा समेत हाल्न पुगेका छन्। तर अहिले मतगणना जारी छ।  त्यस्तै चुनाब अघि नै उनले फ्लोरिडा र पेन्सिलवेनियामा सोम्बोधनका क्रममा राष्ट्रपति चुनाबको फैसला सुर्पिम कोर्टमा हुने बताएका थिए।  यससंगै राष्ट्रपति चुनाबको निर्णय सुर्पिम कोर्टले दिने वा लोकतान्त्रिक संस्था सिनेट वा हाउस अफ रेप्रिजेंटेटिभले दिन्छ भन्ने प्रश्न उब्जिएको छ ।  ट्रम्प र उनको पार्टीले दुई राज्यको नतिजालाई लिएर प्रश्न उठाएका हुन्। उनले मतगणना समेत रोक्न माग गरिराखेका छन्। जॉर्जियामा ५३ पोस्टल बैलट नक्कली रहेको उनको दाबी छ । यदी कुनै पनि राज्यमा मुद्दा दायर भएको छ भने उक्त मुदाको फैसला त्यहीको अदालतले हेर्छ ।  त्यसपछि त्यो मुद्दा सुप्रिम कोर्ट (सर्वाच्च अदालत) मा जाने गर्छ।  अब कानुनी लडाई लडेपछि उक्त मुद्दाको फैसला नभए राष्ट्रपति चुनाबको पनि फैसला हुन्दैन। यसमा केहि दिन वा केहि हप्ता समेत लाग्न सक्छ।  

ट्रम्प सुप्रीम कोर्टको धमकी किन दिई राखेका छन् ?

ट्रम्पले चुनाबी र्याली देखि नै सुप्रिम कोर्टको धम्की दिई राखेका छन्। ‘द गार्डियन’ पत्रिकाका अनुसार ट्रम्पले यसो गर्नुको एक कारणको सुप्रीम कोर्टमा रूढ़िवादी (कंजर्वेटिव) न्यायाधिश (जर्ज) को बहुमत । अमेरिकी सुप्रीम कोर्टमा कुल ९ न्यायाधिश छन् । ३ न्यायाधिशको नियुक्ति ट्रम्पकै कार्यकाल भएको थियो। यसमध्य एक न्यायाधिश एमी कोने बैरेट चुनाब सुरु हुनुभन्दा एक हप्ता अघि नै  नियुक्ति पाएकी थिइन् ।  ६ जना न्यायाधिश ट्रम्प अर्थात् रिपब्लिकन पार्टीका समर्थक हुन् । अन्तराष्ट्रिय संचार मध्यमहरुका अनुसार अमेरिकी सुप्रिम कोर्टका न्यायाधिशहरुले कैयौ पटक पार्टीको समर्थक जस्तै व्यवहार गरेकै कारण उक्त पदमा पुगेको बताइएको छ। बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण केहि राज्यमा नयाँ नियम वा पुरानो नियमलाई परिवर्तन गरिएको थियो। जसका कारण पोस्टल र मेल इन ब्यालेट बढ्यो।  ट्रम्पले यस बाट भएको भोटमा धाधली भएको आरोप लगाए । उनले चुनाब अघि नै यसरी निर्वाचन हुनेमा बिरोध जनाउदै आएका थिए। ट्रम्पले ‘मेन इन पर्सन’ अर्थात् बूथमै गएर भोट हाल्ने मात्र गर्न चाहन्थे । ट्रम्पले भने झैँ ‘मेन इन पर्सन’ भोट मात्र भएको भए करोडौ मानिसहरु भोट गर्न बाट बन्चित हुन्थे त्यसैले उक्त प्रस्ताब नमनि पोस्टल र मेल इन ब्यालेटबाट पनि निर्वाचन हुने व्यवस्था मिलाइएको थियो।  सन् २००० र सन् २०१६ मा पनि राष्ट्रपति चुनाव अदालतमा पुगेको थियो।  रिपब्लिकन्स र डेमोक्रेट्स चुनाव अघि नै करिब ५० मुद्दा एक अर्का बिरुद्ध दर्ता गरेका छन् ।  यदी पेन्सिलवेनिया र जॉर्जियाको तथ्यांक निष्पक्ष दंगले सार्बजनिक नभए ट्रम्प वा बाइडेनको अपिलमा सुप्रिम कोर्टले हस्तक्षेप गर्न सक्नेछ।  
एजेन्सीको सहयोगमा

बाइडेनले पाए ७ करोड़ १० लाख पपुलर भोट, तोडे ओबामाको रेकर्ड

बाइडेनले डेमोक्रेट्स पार्टीका बराक ओबामाको १२ बर्ष पुरानो रेकर्ड तोडेका छन्। बिहिबार बिहानसम्म बाइडेनले ७ करोड १० लाख पपुलर भोट हासिल गरि सकेका छन्। सन् २००८ मा भएको राष्ट्रपति चुनाबमा ओबामालाई ६ करोड ९४ लाख ९८ हजार ५१६ भोट पाएका थिए।

थप पढ्नुहोस्


 
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update