हिमाल दैनिक
भ्लादिमिर पुटिनलाई पार्किंन्सन, राष्ट्रपति पद छाड्न प्रेमिकाको दबाब
putin-and-his-girlfriend
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अर्को बर्ष राष्ट्रपति पदबाट राजिनामा दिन सक्ने भएका छन्। अन्तराष्ट्रिय साचार मध्यमका अनुसार, ६८ बर्षिय पुटिन पार्किंन्सन रोग देखिएको छ। जसका कारण उनकी प्रेमिका एलिना काबाऐवाले राष्ट्रपति पद छोड्न दबाब दिईराखेकी संचार मध्यमले जनाएका छन्। पुटिन सन् १९९९ मा सत्तामा आएका थिए। रुसमा २१ बर्ष सत्तामा रहेका पुटिन प्रधानमन्त्री पनि भएका थिए । संविधान संसोधन मार्फत उनि अहिले चौथो पटक राष्ट्रपति बनेका हुन् । पुटिनमा पार्किंन्सन देखिएको खुलासा ब्रिटिश पत्रिका ‘द सन’ले बताएको थियो । द सनसंग कुराकानीका क्रममा रुसका राजीनितिक विश्लेषक वेलेरी सोलोवेईले पुटिनकी ३७ बर्षकी प्रेमिका र उनका दुई छोराले उनलाई राष्ट्रपति पद त्याग्न दबाब दिईराखेको बताए। वेलेरीले पुटिनमाथि परिवारको निकै प्रभाव परेको बताए। परिवारकै कारण उनले जनवरीमा पद छोड्ने घोषणा गर्ने विचार गरेको हुन्। वेलेरीले पुटिनमा पार्किंन्सनको लक्षण देखिन थालेको उनले बताए। मिडियामा उनको भिडियो फुटेजको विश्लेषण पनि गरिएको छ। फुटेजमा पुटिनको औला र खुट्टा कामेको देखिएको सनले जनाएको छ । पछिल्लो पटक उनले पटक पटक आफ्नो खुट्टा मिलाउदै हिड्ने गरेको देखिएको छ। एक रिपोर्टका अनुसार दुनियामा पार्किंसन्सबाट कुल ६२ लाख व्यक्ति पिडित छन्। यस रोगबाट हरेक बर्ष करिब एक लाख व्यक्तिको मृत्यु हुने गर्छ। यस रोगबाट पिडित व्यक्तिहरुको जीउ काम्ने लक्षण देखिन्छ। यस क्रममा हिडडुल गर्न, शरीरलाई ब्यालेन्स गर्न समस्या हुने देखिन्छ। उनीहरुलाई प्राय लेख्न पनि मुस्किल हुन्छ। यस रोगबाट मानसिक रुपमा पनि प्रभाव पर्छ। पुटिन सन १९५२ मा सेंट पीटर्सबर्गमा जन्मेका थिए। स्नातक उत्तीर्ण गरेपछि पछि खुफिया एजेन्सी केजीबीमा समेत संलग्न भए। उनलाई हरेक किसिमका हतियार चलाउन आउछ भने उनी जुडो ब्ल्याक बेल्ट हुन् । सन १९९९ मा जब बोरिस यल्सिनले राजिनामा दिएपछि पुटिन कार्यकारी राष्ट्रपति बनेका थिए। सन २००० मा चुनाब जितेर  राष्ट्रपति भए। सन २००४ मा दोश्रो पटक राष्ट्रपतिको चुनाब जिते। संविधानको अनुसार तेस्रो पटक राष्ट्रपति बन्न नसक्ने भएपछि उनी प्रधानमन्त्री बने र संविधान संशोधन गरि सन २०१२ देखि पुन: राष्ट्रपति बने। एजेन्सीको सहयोगमा  
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update