अमेरिकाको ४६औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन निर्वाचित भएका छन्।
हालै सम्पन्न निर्वाचनको मतगणनामा ७७ वर्षीय पूर्व उपराष्ट्रपति बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले गत मंगलबारदेखि सुरु भएको निर्वाचनको मतगणनामा वाइडेनले पेन्सिलभेनिया, एरिजोना र जर्जियामा पनि ट्रम्पलाई पछि अनपेक्षित रुपमा पछि पारेपछि उनले राष्ट्रपति निर्वाचनमा आवश्यक २७० इलोक्ट्रोल भोटको सट्टा २९० भोट पाए।
राष्ट्रपति ट्रम्पले भने २१४ इलोक्ट्रोल भोट भन्दा बढी पाउन सकेनन्।
यसका अतिरिक्त उपराष्ट्रपतिमा पनि डेमोक्रेटिक पार्टीकै कमला हैरिस निर्वाचित भएकी छिन्।
निर्वाचनमा विजयी भएको निर्वाचन परिणाम आएलगत्तै बाइडेनले अहिले डेलावेरमा आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने तयारी गरिरहेका छन्।
तर, राष्ट्रपति ट्रम्पले भने अझै पनि निर्वाचनको परिणाम स्वीकार गरेर अमेरिकाको लोकतान्त्रिक चरित्र भन्दा विपरितको गतिविधि देखाइरहेका छन्।
चार वर्षअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै पदमा पुगेपछि निरन्तर विवादस्पद अभिव्यक्तिसँगै गतिविधिले आजित बनेका अमेरिकन जनताले यसपटक ट्रम्पलाई हटाउन हुलाकबाटै निर्णायक भोट दिए।
विशेषगरी कोरोना भाइरसको मारमा परेका जनतालाई बचाउन र अर्थतन्त्र बलियो बनाउन विफल बनेका ट्रम्पविरुद्धको आक्रोस र थप चार वर्षसम्म ट्रम्पको अतिवादी गतिविधिबाट मुक्तिका लागि पनि उनीविरुद्ध मत दिए।
जर्जियामा जारी मतगणनामा दुबै उम्मेदवारको झिनो मत अन्तर कायम भएपछि पुनः मतगणना गरिने समाचारमाध्यमले बताएका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय