कोरोना भाइरस(कोबिड-१९) को दोश्रो लहर युरोपका राष्ट्रहरुमा देखिन थालेको छ। बिश्व स्वास्थ्य संगठन(डब्लु एच ओ) का अनुसार कोरोनाका कारण युरोपमा स्थिति पहिले भन्दा झन् भयावह हुने चेतावनी दिएको छ। युरोपेली राष्ट्रहरु फ्रान्स, जर्मनी, स्पेन, बेल्जियम, इटाली जस्ता राज्यहरुमा कोरोनाको दोश्रो लहर घातक साबित भएको छ। फ्रान्समा एकै दिन ५० हजारभन्दा बढी संक्रमण केस देखेको छ।
त्यस्तै जर्मनी र बेल्जियममा ३० हजारभन्दा बढीमा संक्रमण देखिएको छ। यसलाई नजर गर्दै सरकारी प्रशासनले कडाई गर्दा अहिले सर्वसाधारणहरु त्यसको बिरोधमा सडकमा उत्रिन थालेपछि उनिहरुलाई थप कठिनाई भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय