रुसमा यस बर्ष दोश्रो पटक संविधान संशोधन हुने भएको छ । पहिलो पटक जुलाईमा भएको संशोधनमा रुसका राष्ट्रपति व्लादिमीर पुटिनलाई सन् २०३६सम्म राष्ट्रपति पदमा रहिरहने अधिकार दिएको थियो।
बीबीसीकोका अनुसार अब रुसमा यस बर्ष दोश्रोपटक संविधान संशोधन गरिने भएको छ। जसमा अब पुटिन राष्ट्रपति पदबाट हटेपछि उनिविरुद्ध आजीवन कुनै पनि मुद्दा चलाउन नपाउने प्रस्ताव रहेको बताएको छ। यो प्रस्ताव दुवै सदनबाट पास भएपछि स्वयं राष्ट्रपति पुटिनले नै प्रमाणीकरण गर्नेछन् ।
संविधानमा संशोधन पश्चात अब उनि विरुद्ध कुनै पनि अपराधिक, राजद्रोह क्षेणीका मुद्दा लाग्ने छैन।
यो बिधेयक अहिले तल्लो सदन डूमामा समर्थन पाइसकेको छ । यो संशोधनको दयारामा पूर्व राष्ट्रपति र प्रधानमन्त्री पनि पर्नेछन् । पुटिन अघि पूर्व राष्ट्रपति दमित्री मेदवेदेव जीवित छन्। उनि रुसका प्रधानमन्त्री पनि बनेका थिए। यो संशोधनको फाइदा पूर्व राष्ट्रपति र प्रधानमन्त्रीलाई मात्र नभई उनीहरुको परिवारलाई पनि छ । यो बिधेयकमा राष्ट्रपतिको परिवारलाई पुलिसले कुनै पनि अनुसन्धान गर्न पाउने छैन । त्यस्तै उनीहरुको सम्पति जफत गर्ने अधिकार पनि प्रशासनसंग अधिकार छैन।
राष्ट्रपति पुटिनको यो चौथो कार्यकाल हो। उनको यो कार्यकाल २०२४ मा पुरा हुन्छ। तर, यस अघिको
संशोधन संगै उनि अझै १२ बर्ष सम्मका लागि राष्ट्रपति बन्न सक्छन । एजेन्सीको सहयोगमा।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय