रसियामा आइतबार २९ हजार ३९ जनामा कोरोनाको संक्रमण देखिएको छ । रसियामा एकै दिन यति धेरै कोरोनाको संक्रमण देखिएको यो पहिलो पटक हो। पछिल्लो २४ घण्टामा रसियामा ४ सय ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ । रसियामा हालसम्म कोरोना संक्रमितको संख्या २४ लाख ६० हजार ७७० पुगेको छ भने यस बाट अहिलेसम्म ४३ हजार बढीको मृत्यु भईसकेको छ।
त्यस्तै अमेरिकामा ४ दिन यता २ लाख भन्दा बढीमा संक्रमण देखिएको छ । चार दिनमा अमेरिकामा दैनिक २ हजार संक्रमितको मृत्यु भएको छ । संक्रमण बढ्दै गएपछि कैलिफोर्निया सहितका राज्यहरुले स्टे एट होम आदेश जारी गरेको छ ।
बिश्व स्वास्थ्य संगठन (डब्लु एच वो)को विवरण अनुसार बिश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ६८ लाख पुगिसकेको छ भने अहिले सम्म कुल १५ लाख ३३ हजारको मृत्यु भईसकेको छ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय