हिमाल दैनिक
पुलिसलाई फोन गरेर ताज महलमा बम राखेको भनेपछि
taj-mahal
संसारका सात आश्चार्यको रुपमा रहेको भारतको ताज महलमा आज बिहान बम राखिएको भनि पुलिसलाई फोन आएको छ । भारतीय संचार मध्यमका अनुसार बिहिबार बिहान एक अज्ञात ब्यक्तिले पुलिसको हटलाइन नम्बर ११२ मा फोन गरि आफुले ताज महलमा बम राखेको बताएका हुन्। पुलिस अधिकारीका अनुसार फोन गर्ने उक्त ब्यक्तिले भारतीय सेनाको भर्तीमा अनियमियता हुने गरेको बताए। जसका कारण उनको सेनामा भर्ति नभएपछि आफुले ताजमहलमा बम राखेको र कुनै पनि समय पड्किन सक्ने बताएका थिए। उक्त सूचनाका आधारमा पुलिसले तत्काल सबै पर्यटकहरुलाई निकालेर ताज महल प्रवेश गर्ने दुवै द्वार बन्द गरिदिएका थिए । आगरा पुलिसको बम डिस्पोजल टोली तत्काल ताजमहल परिसर जाँच गर्यो। तर पुलिसले कुनै पनि विस्फोटक पदार्थ फेला पारेन। बम राखेको भनेर फोन गर्ने ब्यक्तिलाई प्रहरीले फिरोजाबाद पक्राउ गरेको छ भने बम नभएको पुष्टि भएपछि सुरक्षाकर्मीले पर्यटकहरुका लागि फेरी ताजमहल खोलि दिएको बताइएको छ। (एजेन्सीको सहयोगमा)
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update