हिमाल दैनिक
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लिए बिश्वासको मत
imran-khan
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिश्वासका मत लिएका छन् । शनिबार पाकिस्तानको तल्लो सदन नेशनल एसेम्बली (एनए) मा प्रधानमन्त्री खानले बिश्वासको मत लिएका हुन्। ३४० सदस्यको उक्त सदनमा खानलाई बिश्वासको मत जित्न १७२ मत आवश्यक थियो जसमा उनको पक्षमा १७८ मत खसेको थियो । खान सन् २०१८को अगस्तमा १७६ मत सहित पाकिस्तानका प्रधानमन्त्री बनेका थिए। अहिले उनले त्यस समयभन्दा दुई मत बढीले बिश्वासका मत लिएका छन् । इमरानले सीनेट निर्वाचनमा इस्लामाबादमा हर व्यहोरेसंगै उनले सदनमा विश्वासको मत हासिल गर्ने घोषणा गरेका थिए। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: शनिबार, फागुन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update