काठमाडौं, १९ असोज । सिद्धार्थ बैंक लिमिटेडले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ९च्ज्भ्क्त्० लाइ रु। दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्ने जनाईएको छ । देशका विभिन्न जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुंदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पु¥याएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय