हिमाल दैनिक
नेपालगन्ज भन्सारमा चहलपहल बढ्यो
NEPAL-GUNJ-NAKA
नेपालगन्ज भन्सार नाका हुदै दैनिक नेपाल बाहिरिने र भित्रिने क्रम बढेको छ । लकडाउन लागेको ७ महिना बढि हुदा पनि संचालनमा आउन नसकेको नेपालगन्ज रुपैडिहा भन्सार नाका हुदै दैनिक १ हजारको हाराहारीमा नेपाल वाहिर नेपालीहरु कामको सिलसिलामा जाने गरेको प्रहरीको तथ्याङकले देखाएको छ । नेपाल वाहिर जाने र आउने पनि उत्तिकै संख्यामा रहेको जमुनाहा प्रहरीले जनाएको छ । चैत्र ११ गते लकडाउन भएयता नेपालगन्जको जमुनाहा नाकाबाट हालसम्म करिव एक लाख नेपालीहरु नेपाल भित्रिएका छन । ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार हालसम्म एकलाख बढि नेपाली भित्रिएका छन भने करिव ४९ हजार भारतीय नागरिकहरु भारत फर्केका छन । कोरोना महामारीकै बिच १३ हजार नेपालीहरु रोजगारीका लागि भारत गएको प्रहरीको तथ्याँकमा छ । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज विष्णु गिरीका अनुसार तिहार नजिकिदै गरेको अवस्थामा समेत दैनिक करिव एक हजार जना नेपालीहरु भारत जाने गरेका छन । नेपालगन्जको जमुनाहा नाकाबाट साविकको मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लाबाट नेपालीहरु जाने आउने गरेका छन । पछिल्लो समय भारतले निर्वाध रुपमा आउन जान दिएपछि नेपालीहरु घर फर्किने र कामका लागि भारत जानेक्रम बढेको हो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update