हिमाल दैनिक
हिँउदे बालीको समय गुजारेर बङ्गलादेशबाट रासायनिक मल ल्याउने सम्झौता
agriculture
बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ । नेपालकोतर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बङ्गालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । सम्झौता भएको तीन महिनाभित्र बल्क र कार्गो गरी दुई तरिकाबाट चार चरणमा रासायनिक मल ल्याउने गरी सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मल खरिदको सम्झौतामा नेपालको तर्फबाट कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बङ्गलादेशकोतर्फबाट मोहमद अमिउल अहसनले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ । यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिने मन्त्रालयवाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसमेत तयार भइरहेको जनाइएको छ । नेपाल र बङ्गलादेश सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र ९एमओयु० गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्सीय टोली बङ्गलादेश गएका थिए । कृषि सामग्री कम्पनीले बङ्गलादेशबाट रासायनिक मल ढुवानी गर्न यसअघि नै संयुक्त अरब इमिरेट्स ९युएइ० को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट गरिसकेको छ । रासस
प्रकाशित मिति: बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update