हिमाल दैनिक
एनसीसी बैंकद्वारा कर्पोरेट–पे सेवा प्रणालीको शुरुवात
com_ncc_bank
नेपाल क्रेडिट एण्ड कर्मस (एन.सी.सी.) बैंकले ‘कर्पोरेट–पे’ प्रणालीको शुरुवात गरेको छ। बैंकले आफ्ना संस्थागत ग्राहकका निमित्त बैक खाताबाट सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको शुरुवात गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)संग सम्झौता गरेको बताइएको छ। उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रमेश सापकोटा तथा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्। यस ‘कर्पोरेट–पे’ प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सकिनेछ। यस प्रणालीबाट आफैले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सकिने बताएको छ। बैंकले १२७ वटा शाखा कार्यालयहरु, १०२ वटा एटिएम, एवंम ७ वटा एक्स्टेन्सन काउण्टर मार्फ्त सेवा दिदै आइरहेको छ।  
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update