हिमाल दैनिक
जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने सि.जी.का एसीहरु बजारमा
CG-AC
सि.जी.ले जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्ने, कम विधुत खपतका एसीहरु बजारमा उपलब्ध गराएको छ । नेपालको सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले सबै किसिमको मौसममा उपयुक्त हुने एसी अहिले विशेष त बढ्दो जाडोलाई मध्यनजर गर्दै उपलब्ध गराएको हो । ग्राहकबर्गहरुका लागि “हर मौसममा बचत “ नामक योजना अन्तर्गत सि.जी.ले यो जाडो याममा जीवन सरल, सहज बनाउदै विधुतमा पनि वचत गराउएको छ । अधिक एसीको प्रयोगले गर्दा जाडो मौसममा विधुतको शुल्क अधिक आउने गरेको र यसले ग्राहकहरुलाई जाडो सहनु पर्ने वा चर्को शुल्क तिर्न वाध्य बनाउछ । तर सि.जी इन्भर्टरका एसीका साथ यस जाडोमा ग्राहकहरुले न्यानो प्राप्त गर्नेछन भने विधुतमा वचत पनि गर्नेछन। सिजी ब्राण्डका इन्भटर एसीहरु किफायती दाममा सर्बत्र बजारमा उपलब्ध छन । सिजी ब्राण्डका जाडोमा प्रयोग हुने घरायसी समानहरु उच्च गुणस्तरको भरपर्दो र टिकाउ छन् । सि.जी.का एसीहरु तीन प्रकारमा विभाजन गरिएको छ । जसमा इन्र्भटर वाल माउन्ट, स्प्लिट टाईप एसी, अन अफ वाल माउण्न स्प्लिट टाईप एसी र सिलिङ क्यासेट टाईप एसी रहेका छन् । यी एसीहरु ०.७५ टन देखि ३.० टन सम्म उपलब्ध भएकोले तपाईहरुले छानि छानि आफ्नो आवश्यकता अनुरुप लिन सक्नु हुनेछ । सि.जी.का एसीहरुमा ५ वर्षको वारेण्टी पाउनुका साथै काठमाडौं क्षेत्र भित्रमा २४ घण्टा भित्रनै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update