नेपालक्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले १०.२६ प्रतिशत वोनस शेयर र उक्त वोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
एनसीसी बैंकको शुक्रबार केन्द्रीय कार्यालय बागबजारमा आ.व. २०७६/७७ को २३औं वार्षिकध साधारण सभा सम्पन्न गर्दै बैंकले वोनस शेयर र लाभांश वितरणको निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै बैंकको साधारण सभाले बैंक संस्थापक, साधारण समूहतर्फबा ६ जना सञ्चालक निर्वाचित गर्नुका साथै उपेन्द्रकेशरी न्यौपानेलाई बैंक संचालक समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।
संस्थापक समूहबाट समितिमा निर्वाचित तीन सदस्यमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, इमानसिंह लामा, साधारण समूहबाट एक जना महिलासहित तीन जनामा चन्द्रप्रसाद बाँस्तोला, सुमनकुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन्।
बैंकको साधारण सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्ने बताइएको छ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ।
बैंकले आर्थिक वर्ष २०७६÷७७मा रु. ७९ अर्ब ६१ करोड७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय