हिमाल दैनिक
स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज घटेको छ । बुधबार प्रति तोला ८९ हजार ८ सय रुपैयाँले कारोबार भएको सुनको मुल्य ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रति तोला रु ८९ हजार ८ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८८ हजार ३ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बुधबार तोलामा रु ८९ हजार ३५० मा कारोवार भएकामा आजका लागि भने रु ८८ हजार ८५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा रु ५ सयले ओरालो लागेको हो । चाँदीको मूल्यमा भने आज रु १० ले वृद्धि भएको छ । तोलामा रु एक हजार ३४५ मा बुधबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३५५ मूल्य कायम भएको छ । फाल्गुन महिनामा ९० हजार ८ सय रुपैयाँले कारोबार भएको सुन अहिले दोश्रो साता सम्म आइपुग्दा १५ सय रुपैयाँले घटेको छ । फाल्गुन पहिलो सातामा १३ सय ३५ मा कारोबार भएको चाँदी आजको दिनसम्म २० रुपैयाँले बढेको छ।
प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update