महिला लघुवित्त वित्तिय संस्थाको आइपीओ बाँडफाँट भएको छ । शुक्रबार बिहान ८ बजे गोलाप्रथाबाट बाँडफाँड गरिएको उक्त आइपिओमा ३७ हजार ५ सय लगानीकर्तालाई १०-१० कित्ताको दरले सेयर प्राप्त गरेका हुन् ।
कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा उक्त सेयरमा सीमित संख्यामा निष्काशन गरिएको छ । आवेदकको कुल २ प्रतिशतले मात्र सेयर हात परेका छन् भने १४ लाख ९९ हजार १ सय ८२ जनाको हात खाली भएको छ । गोल प्रथामा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द गरि कुल १५ लाख ३६ हजार ६ सय ८२ सहभागी गराइएको थियो । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको हो ।
प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्