विराटनरको विराटनगर नोबेल मेडिकल कलेज कलेज रुटमा चल्ने सार्वजनिक सवारी साधन अटो रिक्सामा यात्रुहरुले अनलाइनबाटै भुक्तानी गर्न सक्ने भएका छन्।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले उक्त रुटमा चल्ने अटो रिक्सा चालकलाई अनलाइन भुक्तानी सेवा सुविधाका लागि क्युआर कोड उपलब्ध गराएपछि यात्रुहरुले अनलाइनबाटै भुक्तानी दिन सक्ने सुविधा व्यवहारमा आएको हो।
शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्युआर कोड हस्तान्तरण गरेर उक्त सेवाको सुरुवात गरेको एनसीसी बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसरी अनलाइन भुक्तानी सेवा सुविधा प्रांप्त गर्नेमा के एन अटो यातायात प्रा.लि.मा आबद्ध अटो रिक्सा रहेका छन्।
क्युआर कोड हस्तान्तरका लागि आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बदलिँदो प्रविधिमैत्री समाजमा क्युआर कोडको हस्तान्तरण पश्चात नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबारमा अभ्यस्त हुन सर्वसाधारण उपभोक्तालाई आग्रह गरे।
प्रकाशित मिति: बिहीबार, फागुन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय