हिमाल दैनिक
नेपालमा शुक्रबार अहिलेसम्मकै उच्च विन्दुमा संक्रमितहरुको संख्या पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, विगत २४ घण्टाको अवधिमा भएको ११ हजार ७६० जनाको पिसिआर परिक्षण गर्दा २३ प्रतिशत भन्दाबढी अर्थात २,७२२ जनामा कोरोना पुष्टि भएको छ। देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ९६५ महिला र १७५७ पुरुष गरि थप २७२२ जनामा कोरोना पुष्टि भएको हो । यसरी बढेको संक्रमितको संख्यामध्ये काठमाडौं उपत्यकामा मात्रै १,६३८ जनामा कोरोना देखिएको छ भने बाँकी मात्रै अन्य जिल्लाको रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौंमा महिला ४७० र पुरुष ८१० गरि १२८० जना, भक्तपुरमा ८० महिला र ११६ पुरुष गरी १९६ जना र ललितपुरमा ७७ महिला र ८५ पुरुष गरि १६२ जना रहेका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४२० सय पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ। त्यस्तै शुक्रबार ३३०७ जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६०,६९६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। त्यस्तै होम आइशोलेशनमा ११ हजार ७६० जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार ४७४ जना रहेका छन्। क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन्। त्यस्तै हालसम्म १० लाख ४८ हजार ६८६ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update