नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नेपाल बिद्यार्थी संघका महामन्त्री मनोज बैद्यले सर्वसाधारण जनतालाई मास्क बितरण अभियान सुरु गरेका छन्।
बैद्यले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरबाट मास्क बितरण अभियान सुरु गरेका हुन्। दैनिक करिव २० हजारको संख्यामा मास्क बितरण गरिने र करिव चार लाख मास्क बितरण गरिने बताइएको छ।
बानेश्वरको मास्क बितरण अभियानमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमितको संख्या बढ्दै जादा आम सर्वसाधारण र श्रमिकलाई मास्क बितरण गर्नु सरकारात्मक बिषय भएको बताए।
सरकारलाई मात्र हेरेर केहि नहुने भन्दै कोरोना निययन्त्रणका लागि सवैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने उनको भनाई छ।
त्यस्तै नेविसंघ महामन्त्री बैद्यले राज्यले जनतासंग कर उठाएपनि जनताप्रति उत्तरदायि हुन नसकेको भन्दै आफुले मास्क बितरण कार्यको शुभारम्भ गरेको बताए।
मास्क बितरण अभियान राजधानीका बिभिन्न स्थानमा सञ्चालन गरिने बैद्यले जानकारी दिए। यसअघि बैद्यले बिभिन्न स्थानमा समस्यामा परेका नागरिकलाई खाजा खुवाउने अभियान सञ्चालन गरेका थिए।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय