प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकार र दुई सहयोगीलाई कोरोना भाइरसको पोजेटिभ लक्षण पुष्टि भएको छ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, उनीहरु दुबैजनाको शुक्रबार गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको बताइएको छ।
उनीहरुका अतिरिक्त प्रधानमन्त्री ओलीका स्वकिय सचिव इन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना पोजेटिभ देखिएको छ।
रिमाल र थापा दुबैले आफूहरुलाई कोरोना पोजेटिभ देखिएकोले आफ्नो सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन्।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले दिनहुँ नयाँ रेकर्ड कायम गर्दै गइरहेको बेला प्रधानमन्त्री ओलीकै सल्लाहकार र सहयोगीलाई पनि संक्रमणको पुष्टि भएपछि स्वयं प्रधानमन्त्री ओली समेत संक्रमणको खतराभित्र परेका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय