नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई कोरोना भाइरस संक्रमणको पोजेटिभ लक्षण पूष्टि भएको छ।
गत चैत महिनामा लकडाउन जारी भएलगत्तै उपत्यकाको सनसिटी अपार्टमेन्टमा बेलायतबाट आएका दुई जनामा कोरोना पुष्टि हुँदा त्यही बसेपनि कोरोनाबाट बच्न सफल रिजाललाई गृहनगर वीरगञ्जमा गएपछि कोरोनाले पक्रेको हो।
पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनुपूर्व पार्टी मुख्यालयमा गरिएको पिसिआर परिक्षणमा जिल्लाबाट आउन नभ्याएका रिजालले १६ गते वीरगञ्जमै पिसिआर परिक्षण गरेका थिए।
‘अस्ति गरेको पिसिआर परिक्षणको आज पोजेटिभ रिपोर्ट आएपछि अहिले म घरमै बसिरहेको छु,’ रिजालले फोनमार्फत हिमाल दैनिकलाई भने।
कोरोनाको पोजेटिभ रिपोर्ट आएपनि आफूलाई अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या अथवा लक्षण नदेखिएको पनि रिजालले बताए।
केही समयअघि पर्साकै केन्द्रीय सदस्य अजयकुमार चौरसियालाई पनि संक्रमणको पोजेटिभ लक्षण देखिएको थियोे।
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय