विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितहरुको संख्या नेपालमा निरन्तर उकालो लागिरहेको छ।
सरकारले संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको दाबी गरिरहेपनि आइतबार २२ सय ५३ जनामा कोरोना पुष्टि भएपछि सरकारी प्रयास विफल भएको तथ्यले देखाएको छ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ८३० महिला र १,४२३ पुरुष गरि थप २२ सय ५३ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०५ महिला र ८६८ पुरुष गरि १३ सय ७३ जना, भक्तपुरमा २० महिला र १९ पुरुष गरि ३९ जना र ललितपुरमा ७९ महिला र १०८ पुरुष गरि १८७ जनामा कोरोना पुष्टि भएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।
त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५३५ पुगेको छ।
त्यस्तै आइतबार १३ सय २९ जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६४,०६९ पुगेको छ। हाल सक्रिय संक्रमितको २२,२१९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
त्यस्तै होम आइशोलेशनमा ११ हजार ८९३ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १० हजार जना ३२६ रहेका छन्। क्वारेन्टाइनमा ४,२०३ हजार जना रहेका छन्। त्यस्तै हालसम्म १० लाख ७४ हजार ४४८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय