काठमाडौंको केशरमहल परिसरमा रहेको शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखामा नो अब्जेक्सन कन्र्फमेशन लेटर (एनओसी) लिने विद्यार्थीहरुको भीड बढेको छ।
सरकारले एनओसी खुला गरेपछि भर्ना भएर विदेश जान नपाएका विद्यार्थीहरुको एनओसी लिन भिड बढेको हो। विद्यार्थीले कक्षा ११ र १२ उत्तीर्ण गरेपछि विदेश अध्ययनका निम्ति एनओसी लिनुपर्ने प्रावधान रहेको छ।
विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले पढ्न जानुअघि लिइने अनुमतिका पत्रका रुपमा एनओसीलाई लिइएको छ।
एनओसी लिएपछि विदेशी मुद्रा साट्न पाउँदछन्। त्यसैगरी विद्यार्थी भिसामा विदेश जान लागेका विद्यार्थीले विमानस्थल अध्यागमनमा अनिवार्य रुपमा एनओसी लिएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ। भिड बढेका कारण एनओसी लिन समस्या भएको र केहि दिन लाग्ने गरेको बिद्यार्थीहरुको गुनासो छ।
पछिल्लो समय उपत्यकामा दिनहुँ जसो ठूलो संख्यामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढिरहेपनि सरकारकी कार्यालयहरुमा सामाजिक दूरी नअपनाइकन सेवा दिँदा कोरोना संक्रमणको जोखिम झन् बढ्ने खतरा उत्पन्न भएको छ।
यसका बाबजूद राज्यले त्यसको व्यवस्थापनमा अझै ध्यान दिन सकिरहेको छैन भने विदेश अध्ययनका लागि जान हतारमा रहेका विद्यार्थी पनि खतरालाई मोलेरै भएपनि एनओसी लिन भिडभाडमा जान बाध्य भएका छन्।
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय