हिमाल दैनिक
धरानस्थित बीपी प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको मृत्यु
bp covid Aspatal-1601284527
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुष रहेका छन् । उनको मंगलबार बिहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिएका छन् । १२ असोजमा कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको प्रतिष्ठानमा उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि कोभिड अस्पतालमा भर्ना गरेर उपचार भइरहेकोमा उनको मृत्यु भएको हो । उनी डायबिटिज र टिबी रोगबाटसमेत पीडित भएको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update