हिमाल दैनिक
नोबेल अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
thumb
विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ। मोरङको कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र मोरङ रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र भेन्टिलेटमा राखेर उपचार गर्दासमेत बचाउन नसकिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । यस्तै, मधुमेहका दीर्घ रोगी रतुवामाईका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना भएको दाहालले बताए। अस्पताल भर्ना भएपछि स्वाब परीक्षण गरिएको उनमा पनि कोरोना पोजिटिभ देखिएको र आईसीयूमा राखेर उपचार गर्दा गर्दै मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको दाहालले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update